NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

विवेकशीलका संस्थापक उज्वल थापाको स्वास्थ्य अत्यन्त गम्भीर

काठमाडौं । विवेकशीलका संस्थापक उज्वल थापाको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर बनेको छ । कोरोनाबाट गम्भीर बिरामी परेको थापाको अवस्थाबारे अपडेट दिंदै विवेकशीलका नेता रविन्द्र मिश्रले थापाको स्वास्थ्यमा कुनै सुधार नआएको बताएका हुन् । ‘उज्वल थापाको स्वास्थ अवस्थाबारे अपडेट’ मिश्रले फेसबुकमा लेखेका छन्, ‘उज्वलजीको स्वास्थ्य अवस्थामा कुनै सुधार आएको छैन र अवस्था अत्यन्तै गम्भीर छ। डाक्टरहरूले सकेको गरिरहेका छन्। डाक्टरहरू र देश–विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अत्यन्तै अनुग्रहित छ। उज्वलजीको लागि प्रार्थना गर्दै रहनुहोला। प्रार्थनामा शक्ति हुन्छ ! थापाकाे काठमाडाैंकाे मेडिसीटी अस्पतालमा उपचार भइरहेकाे छ ।

ताजा अपडेट

नेपालवाच विशेष