NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

बझाङमा निषेधाज्ञा एक साता थपियो

बझाङ । बझाङमा निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी ) को बैठकले जेठ १७ गते सोमबारसम्मका लागि लागू गरिएको निषेधाज्ञा थपेर जेठ २४ गते सोमबारसम्म लागू गर्ने निर्णय गरेको हो । कोरोना सङ्क्रमणको रोकथामका लागी निषेधाज्ञा नै उपयोगी देखिएकाले जेठ २४ गते मध्यराति १२ बजे सम्मका लागि थप्ने निर्णय गरिएको बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिए । बझाङमा वैशाख १८ गतेदेखि निषेधाज्ञा जारी छ ।

ताजा अपडेट

नेपालवाच विशेष