NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

मकालु हिमालबाट संकलित फोहर प्रशोधनका लागि हस्तान्तरण

काठमाडौं । सेनाले सफा हिमाल अभियानका क्रममा मकालु हिमाल क्षेत्रबाट संकलन गरेको फोहर हस्तान्तरण गरेको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित कार्यक्रममा संकलित फोहर अभ्नी भेन्चरस् फर सस्टेइनाविलिटी नामक संस्थालाई प्रशोधन गरी व्यवस्थापन गर्ने प्रयोजनका लागि नकुहिने ४ हजार ८८२ केजी फोहोर हस्तान्तरण गरिएको हो । हिमालबाट संकलन गरिएको ६ हजार ६०७ केजी फोहोरमध्ये सड्ने/कुहिने एक हजार ७२५ केजी मकालु गाउँपालिकालाई बुझाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले हिमाल सफाइमा खटिएको सैनिक टोलीलाई दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकामा प्रशंसा गर्दै बधाई दिए । विश्व वन्यजन्तु कोष नेपालस्थित कार्यालयका निर्देशक डा. घनश्याम गुरुङ्ग र इसिमोडका प्रतिनिधि सन्तोष पाठकले कोरोना सङ्क्रमण महामारीको समयमा पनि हिमाल सफाइजस्तो जोखिमपूर्ण जिम्मेवारी लक्ष्य र योजनाअनुरुप नै सम्पन्न गर्नु गौरवको विषय भएको जनाउँदै अभियानमा संलग्न सबैलाई धन्यवाद दिए । सफा हिमाल अभियान २०२१ अन्तर्गत ६ वटा हिमालबाट २७ हजार ६७१ केजी फोहोर संकलन गरिएको बताइएको छ । संकलित फोहरमध्ये १७ हजार ८७७ केजी फोहोर प्रशोधन तथा व्यवस्थापनको लागि सम्बन्धित संस्थालाई हस्तान्तरण गरिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष