NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

आठ लाख डोज खोप लिन भोलि चीन जाँदै वाइडबडी

काठमाडौं । चीन सरकारले अनुदानमा दिएको १० लाख डोज खोपमध्ये आठ लाख डोज खोप लिन भोलि नेपाल वायु सेवा निगमको जहाज भोलि चीन जाने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पत्रसँगै चिनियाँ राष्ट्रपति सि जिनपिङले घोषणा गरेको अनुदानको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लिन जहाज चीन जान लागेको हो । भोलि जान लागेको वाइबडीले आठ लाख डोज भेरोसेल ल्याउने भएको छ । खोप लिनका लागि जहाज सोमबार राति ११ बजे त्रिभुवन विमानस्थलबाट उड्ने भएको नेपाल वायु सेवा निगमले जनाएको छ । चीनबाट खोप लिएर मंगलबार दिउँसो दुई बजे नेपालका लागि वाइडबडी प्रस्थान गर्ने तालिका रहेको छ । यसअघि पनि चीनले नेपाललाई आठ लाख डोज खोप अनुदानमा दिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष