NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

बस्तीमै पुगेर राउटे समुदायको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेभिट

सुर्खेत । फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायका नागरिकको कोरोना परीक्षण गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै उनीहरु सबैको कोरोना परीक्षण गरिएको हो । सरकारले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी गरे पनि राउटे समुदायले उक्त नियम पालना गरेको छैन । आफूले बनाएका काठका सामग्री बिक्रीका लागि यत्रतत्र घुम्न थालेपछि उनीहरुको कोरोना परीक्षण गरिएको हो । सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आपसोती जनैघाटस्थित भेरी नदी किनारमा बसोबास गर्दैै आएका राउटेमध्ये ११ जनाको कोरोना परीक्षण गरिएको हो । राउटेलाई स्थायी बासिन्दाको सरकारी प्रमाणपत्र दिएको गुराँस गाउँपालिकाका स्वाथ्यकर्मीको टोलीले बस्तीमै पुगेर कोरोना परीक्षण गरेको हो । अघिल्लो साता मात्रै राउटे युवा शिवराज शाहीको निधनपछि राउटे समुदायमा पनि कोरोना संक्रमण फैलिएको आशंका गरिएको थियो । कोराना परीक्षणमा उनीहरु सबैको रिपोर्ट नेगेभिट आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष