NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने डोनाल्ड ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपतिमध्ये सबैभन्दा आलोचित हुन डोनाल्ड ट्रम्प । उनले पुनः आफू राष्ट्रपतिमा निर्वाचन लड्ने घोषणा गरेका छन् । सन् २०२४ मा हुने आगामी राष्ट्रपतिको निर्वाचनमा आफू पुनः राष्ट्रपतिको उम्मेदवार हुने उनले घोषणा गरेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था त्यसबेलासम्म सही रहे चुनावी मैदानमा उत्रिने बताएका हुन् । रिपब्लिकन पार्टीका नेता रोनी जोनसनले पनि ट्रम्प दोस्रो पटक निर्वाचन लड्ने सम्भावना रहेको बताएका थिए । उनले एक स्थानीय संवाददातासँग कुरा गर्दै डोनाल्ड ट्रम्प अघिल्लो निर्वाचनमा उम्मेदवार बन्नसक्ने योजनामा रहेको बताएका थिए । उनले एकपटक ट्रम्पले आफैं निर्णय गरेपछि के गर्ने भन्ने निकर्षमा आफूहरु पुग्ने बताएका थिए । डोनाल्ड ट्रम्पले एक सामाचार च्यानलसँग कुरा गर्दै आगामी निर्वाचनलाई लिएर आफू गम्भीर भएको बताएका छन् । उनले आफूसँग अहिले पनि रिपब्लिकन पार्टीको आधिकारिक सदस्यता रहेको पनि दावी गरेका छन् । ट्रम्पको जीवन शैलीमा परिवर्तन राष्ट्रपतिको पदबाट हटेपछि डोनाल्ड ट्रम्पको शारीरिक गतिविधिमा फरकपन देखिएको छ । उनले आफ्नो दौल घटाउनुका साथै मनपर्ने स्पाइसी खानाहरु पनि छाडेका छन् । यतिमात्र होइन प्राय डाइट कोक पिउने ट्रम्पले त्यसलाई पनि आफूदेखि टाढा राखेका छन् । कोरोना भाइरसबाट मुक्त हुनका लागि उनले आफ्नो खानामा सन्तुलन बनाउनुका साथै शारीरिक अभ्यास पनि बढाएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष