NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

महाराष्ट्रमा १५ दिन थपियो लकडाउन, तेस्रो लहरको चेतावनी

काठमाडौं । भारतको केन्द्रीय राजधानी दिल्लीसमेत रहेको महाराष्ट्रमा १५ दिन लकडाउन थप गरिएको छ । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले आइतबार दुई साता लकडाउन थप गरिएको घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘कोरोनाको तेस्रो लहर कहिले आउँछ हामी यसै भन्न सक्दैनौं । तर, हामी आफ्नो सुरक्षामा लापरबाही गर्न पनि सक्दैनौं ।’ उनले प्रदेशका केही जिल्लामा अहिले पनि कोरोना भाइरसका संक्रमितको संख्यामा बढोत्तरी भइरहेकाले अहिले नै लकडाउन खोल्न सक्ने स्थिति नरहेको पनि बताएका छन् । उनले हरेक दिन भेटिने नयाँ संक्रमितको संख्या कमी भए पनि पहिलो लहरको उच्चबिन्दु नजिकै रहेको बताएका छन् । महाराष्ट्रमा आइतबार १८ हजार ६ सय नयाँ संक्रमित भेटिएका छन् । मध्य मार्चपछि सबैभन्दा कम हो यो संख्या । यस्तै गत २४ घण्टाको अवधिमा ४०२ जनाको कोरोना भाइरसको संक्रमणबाट महाराष्ट्रमा मृत्यु भएको छ । यसअघि १६ मार्चमा महाराष्ट्रमा १७ हजार ८ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको रेकर्ड थियो । राज्य सरकारको आदेशअनुसार सबै आत्यवश्यक सामग्रीका पसलहरु अहिले बिहान सात बजेदेखि ११ बजेसम्म खोल्न अनुमति दिइएको छ । तर, अब त्यसको समयावधि बढाएर बिहान सात बजेदेखि दिउँसो २ बजेसम्म अत्यावश्यक वस्तुका पसलहरु खोल्न दिन सकिने बताएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष