NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

खोप सहायताका लागि राष्ट्रपतिको सक्रियता, उत्पादक मूलुकलाई एकपछि अर्को पत्राचार

काठमाडौं । कोरोना भाइरसबाट नराम्ररी प्रभावित बनेको नेपाललाई खोप उपलब्ध गराउनका लागि राष्ट्रपति विद्यादेवि भण्डारीले सक्रियता बढाएकी छन् । उनले खोप उत्पादक देशका समकक्षीलाई पत्राचार गरेर नेपालका लागि खोप उपलब्ध गराइदिन आग्रह गर्दै आएकी छन् । सुरुमै भारतीय समकक्षी रामनाथ कोविन्दलाई भण्डारीले खोप उपलब्ध गराइदिनका लागि पत्राचार गरेकी थिइन् । तर, भारतीय राष्ट्रपतिले यसको कुनै प्रतिक्रिया दिएका छैनन् । भारतीय खोप उत्पादन कम्पनी सिरमले यसअघि नै नेपाललाई १० लाख डोज खोप बिक्री गरेको थियो । तर, भारतमै खोप अभाव भएपछि हाइ कोर्टले खोप निर्यातमा प्रतिबन्ध लगाएको छ । खोपका लागि रकम भुक्तानी गरिए पनि सिरमले मंसिरखघि खोप पठाउन नसक्ने बताइएको छ । भारतीय समक्षीसँगको पत्राचारपछि खोप नपाएर आक्रान्त बनेका नागरिकको जीवन रक्षाका लागि राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई पत्राचार गरिन् । चिनियाँ राष्ट्रपति सीले भने तत्कालै प्रतिक्रिया दिँदै १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरे । जसअनुसार आइतबार दुई लाख डोज खोप आइसकेको छ । बाँकी आठ लाख डोज खोपका लागि नेपाल वायु सेवा निगमको वाइडबडी जहाज भोलि राति ११ बजे चीनतर्फ प्रस्थान गर्दैछ । चीनले यसअघि नै आठ लाख डोज खोप अनुदानमा दिइसकेको छ । चीनबाट वाइडबडीे आठ लाख डोज खोपसहित मंगलबार दिउँसो नेपालतर्फ प्रस्थान गर्ने भएको छ । यस्तै, राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपतिसँग पनि खोप उपलब्धताका लागि अनुरोध गर्दै पत्राचार गरेकी छन् । शनिबार उक्त पत्र अमेरिकी राष्ट्रपतिका सेक्रेटेरीलाई अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले पत्र पडाएका छन् । अमेरिकी राष्ट्रपति कार्यालयले पनि सक्दो सहयोग गर्ने वचन दिएको छ । खोप अभावका कारण नेपालमा पहिलो डोज लगाएकाले पनि दोस्रो डोज पाउन सकेका छैनन् । एसियामै खोप अभियान सञ्चालन गर्ने नेपाल दोस्रो मुलुक भए पनि दोस्रो डोज नपाउँदा खोप अभियान नै रोकिएको छ । यस्तै, आइतबार राष्ट्रपति भण्डारीले खोप उत्पादक मुलुक बेलायतलाई पनि खोप उपलब्ध गराइदिन अनुरोध गर्दै पत्राचार गरेकी छन् । राष्ट्रपति भण्डारीले बेलायती महारानी एलिजाबेथ द्धितियालाई सम्बोधन गर्दै खोप सहायता उपलब्ध गराइदिन अनुरोध गरेकी हुन् । लन्डन दूतावासका अनुसार राष्ट्रपतिको पत्रलाई आइतबार बेलायती बिदेश मन्त्रालयमा बुझाइएको छ । यस्तै, आइतबार नै राष्ट्रपति भण्डारीले खोप कूटनीति अन्तर्गत रुसि राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि पत्रार गरेकी छिन् । सरकारले पनि खोपका साथै अन्य स्वास्थ्य सहायताका लागि प्रभावित नबनेका मुलुकहरुलाई यसअघि नै कूटनीतिक नियोगमार्फत सहयोग माग गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष