NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

काठमाडौंमा निषेधाज्ञा लम्ब्याउन तीन जिल्लाका सिडिओको बैठक बस्दै

काठमाडौं उपत्यकामा एक महिनादेखि जारी निषेधाज्ञा लम्ब्याउन उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बुधबार बस्दैछ। उपत्यकामा निषेधाज्ञा एक साता लम्ब्याउने तरकेही खुकुलो पार्ने निष्कर्षमा पुगेको प्रशासनले बुधबार निर्णय लिँदैछ। उपत्यकामा पछिल्लो पटक जेठ १४ देखि जारी भएको निषेधाज्ञा २० गते राति १२ बजे सकिँदैछ। पछिल्लो एक साता खाद्यान्न पसल समेत बन्द गरिएपछि प्रशासनको चर्काे आलोचना भएको थियो भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले खाद्यान्न, किराना पसल, ग्रोसरी तथा डिपार्टमेन्टल स्टोर्सलाई बिहान नौ बजेसम्म सञ्चालन गर्न दिने गरी निषेधाज्ञा लम्बिन सक्ने बताए। उनका अनुसार विकास निर्माणका काम आवासीय रुपमा स्वास्थ्य मापदण्ड अपनाएर गर्न दिइने, निर्माणका सामान ढुवानीलाई निश्चित समय तोकेर सवारी साधनमा ओसारपसार गर्न दिइनेलगायतका निर्णय हुने छन् । उपत्यकामा वैशाख १६ गतेदेखि लागू हुने गरी आदेश जारी गरिएको थियो । एक महिना वित्दा पनि कोरोना सङ्क्रमण आशातित रुपमा घट्न सकेको छैन तर पछिल्ला दिनमा भने घट्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । मुलुक भर नै सङ्क्रमण घट्दो क्रममा रहेको छ ।