NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

बालुवाटारमा जसपा शीर्ष नेता र प्रधानमन्त्रीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ । छलफका लागि केही बेरअघि जसपा नेताहरु बालुवाटार पुगेका हुन् । जसपा अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झा बालुवाटारमा पुगेका हुन् । प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने विषयमा पार्टीभित्रै विवाद चर्किएका बेला नेताहरू बालुवाटार पुगेका हुन् । जसपाको महन्थ ठाकुर पक्षले सरकारमा सहभागी हुन प्रधानमन्त्रीसँग निरन्तर छलफल गरिरहेको छ । ओलीले जसपालाई यसअघि नै सत्ता साझेदारी गर्न आग्रह गरेका छन् ।