NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

प्रदेश सांसदको गाडीकाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु

विराटनगरमा प्रदेश सांसदकाे गाडीकाे ठक्करबाट एक पैदलयात्रीकाे ज्यान गएकाे छ। प्रदेश १ सभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले बिहीबार राति एयरपाेर्ट राेडमा ठक्कर दिँदा भारत कटियारीका ३५ वर्षीया मुकेश शर्माको ज्यान गएकाे हाे। प्रहरीका अनुसार उक्त गाडी प्रदेश १ सभा सदस्य बिन्दियाका छोरा रोविन कार्कीले चलाएका थिए। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मानबहादुर राईले घटनाकाे पुष्टि गरे। डिएसपी राईका अनुसार सडकमा हिँडिरहेको समयमा पछाडिबाट कारले दुई जनालाई ठक्कर दिएको थियो। पैदलयात्री कटहरी निवासी २२ वर्षीया राजकुमार राजवंशी पनि घाइते भएका छन्। उनको नोबेल अस्पतालमा उपचार भइरहेको राईले बताए। उनीहरु विराटनगर–४ स्थित न्यू एभरेष्ट स्टिल उद्योगमा कार्यरत मजदुर हुन्।