NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

विश्वकप छनोटमा अर्जेन्टिनालाई फेरि चिली बाधक

काठमाडौं । दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिनालाई फेरि चिली बाधक देखिएको छ । शुक्रबार बिहान सकिएको खेलमा अर्जेन्टिनालाई चिलीले रोकेको हो । छनोटमा पाँचौ खेल खेलिरहेका दुवैले १-१ गोलको बराबरी खेले । २४ औं मिनेटमा लियोनेल मेसीको पेनाल्टी गोलमा अग्रता बनाएको अर्जेन्टिनाले ३६ औं मिनेटमा गोल खायो । एलेक्सिज सान्चेजले बराबरी गोल गर्दा खेल पहिलो हाफमा बराबरीमा रोकियो । दोस्रो हाफमा अर्जेन्टिनाले चिलीमाथि दबाब बढाए पनि गोल गर्न सफल भएन । ५ खेलबाट अर्जेन्टिनाले ११ अंक बनाएको छ । १० टिममध्ये ११ अंकसहित अर्जेन्टिना दोस्रो स्थानमा छ । चार खेल खेलेकाे इक्वेडर ९ अंकसहित तेस्राे स्थानमा छ । चार खेलबाट १२ अंंकसहित पहिलो स्थानमा छ । चिलीको पाँच खेलबाट ५ अंक भएको छ । अर्काे खेलमा उरूग्वे र पाराग्वले पनि गाेलरहित बराबी खेलेका छन् ।