NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सर्वाेच्चकाे पूर्ण बैठक बस्दै, संवैधानिक इजलाश गठन नियमावली संशाेधनमा सहमति जुट्ला ?

सर्वाेच्च अदालतकाे पूर्ण बैठक (फूल बेन्च)आज शुक्रबार बस्दैछ। सर्वाेच्चमा संवैधानिक इजलाश गठनकाे विषय गिजाेलिँदै गएका बेला प्रधानन्यायाधीश चाेलेन्द्र शमसेर जबराले पूर्ण बैठक बाेलाएका हुन्। बैठकमा संवैधानिक इजलाससम्बन्धी नियमावली संशोधनबारे छलफल हुनेछ। याे नियमावली संशाेधनका लागि यसअघि सर्वाेच्च अदालत वारसँग सहमति भइसकेकाे छ। प्रतिनिधसभा विघटन मुद्दाकाे सुनुवाइका लागि गठित संवैधानिक इजलाश विवादमा परेकाे हाे। पाँच सदस्यीय संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको उपस्थितिबारे सार्वजनिक रूपमा प्रश्न उठेपछि प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ नै प्रभावित भएको छ । मंगलबारको सुनुवाइमा श्रेष्ठ र केसीले इजलास नछोड्ने अडान राखेपछि अर्का न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छाड्ने घोषणा गरेका थिए । जसले इजलास गठनको विषय थप पेचिलो बनेको छ । पुरुषोत्तम भण्डारी सेवानिवृत्त भएपछि हाल कार्यरत २० न्यायाधीश बैठकमा सहभागी हुुनेछन् ।