NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

मेलम्चीको पानी दुई महिना नआउने

खानेपानी तथा सरसफाई मन्त्रालयले मेलम्ची खानेपानीको सुरुङ मर्मत गर्ने जनाएको छ । असार १ गते सुरुङदेखि भदौसम्म मर्मत गर्ने भएकाले दुई महिना पानी आपूर्तिमा कमि हुने भएको छ । मन्त्रालयका अनुसार उपत्यकाको पानी आपूर्तिमा कमी हुन नदिन विकल्पको खोजी भइरहेको छ । ‘विगत वर्षजस्तै यसपटक पनि वाग्मतीको पानी प्रशोधन केन्द्रबाट प्रशोधित गरेर पठाउने तयारी गर्छौं,’ मन्त्रालय का एक उच्च अधिकारीले भने, ‘जसरी पनि पानी आपूर्ति गर्नुपर्छ भन्नेमा छौं, विभिन्न चरणमा छलफल भइहरेको छ ।’ मेलम्ची कार्यान्वयन निर्देशनालय र काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई वैकल्पिक व्यवस्थापन गर्न निर्देशन दिइसकेको ती अधिकारीले बताए । गत वर्षदेखि वर्षातको तीन महिना मेलम्ची खानेपानी आयोजनाले बाग्मतीबाट दैनिक करिब ३ करोड लिटर भन्दा बढी पानी प्रशोधन गरेर उपभोक्ताको घर घरमा पठाएको ती अधिकारीले बताए । वैशाखदेखि मेलम्ची खानेपानी आयोजनाले दैनिक १७ करोड लिटर पानी वितरण सुरु गरेको हो । गत १५ चैत्रमा साडे ४ करोडबाट सुरु गरेको आयोजनाले पानी वितरण सुरु गरेको थियो । त्यसपछि पूर्णरुपमा १७ करोड लिटर पानी वितरण गर्न थालेको हो । मेलम्ची खानेपानी आयोजनाका प्रमुख रामकुमार श्रेष्ठले नयाँ सुरुङ भएकाले नियमित मर्मत गर्नुपर्ने बताए । ‘कतै समस्या आएको होइन,’ उनले भने, ‘एक महिना अघि नै मर्मत गर्नु पर्ने हो, ढिलो भयो, अब त चाँडो चाँडोभन्दा मर्मत गछौं ।’ विभिन्न ढोका, सुरुङ, ढलान गरेको स्थान लगायतको निरीक्षण गरेर मर्मत गर्नुपर्ने उनले बताए । तर, हालसम्म आयोजनामा खराबी भने केही पनि नआएको उनले बताए । हाल मेलम्चीको पानी विभिन्न स्थान पठाइरहेको भन्दै उनले ती स्थानमा पानीको कमी हुन नदिने उनले बताए । मिनभवन, खुमलटार, अनामनगर, बालाजु, महाराजगञ्ज, बाँसबारी र महाकाल लगायतका वितरण केन्द्रमार्फत अहिले पानी वितरण भइरहेको उनले बताए । हाल काठमाडौं विभिन्न स्थानमा पानी पोखरीको निर्माण पनि अन्तिम चरणमा पुगेको भन्दै उनले पाइप सफा गर्ने काम पनि भइरहेको बताए । काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० का कार्यकारी निर्देशक मिलन शाक्यले १ हजार ५१ हजार ग्राहकको घरमा पानी वितरण भरहेको बताए । पानीको अभाव हुन नदिने भन्दै वैकल्पिक प्रक्रियाबाट पानी आपूर्ति गरिने बताए । कान्तिपुर दैनिकमा खबर छ।