NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालभित्र असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बिहीबारदेखि भुर्चअल माध्यमबाट सुरु भएको बैठक आज ११ बजेदेखि सुरु हुने भएको हो । बिहीबारको बैठकमा माधव समूहका ३९ केन्द्रीय सदस्यले आफ्नो सुझाव राखेका थिए । आज बाँकी नेताहरुले राय राख्नेछन् । आजै सकिने बैठकबाट एमाभित्रै रहने कि अर्को पार्टी गठन गर्ने भन्ने निर्णय पनि गरिने बताइएको छ । हिजोको बैठकमा अधिकांश नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नसच्निे भएकाले फरक ढंगबाट अघि बढ्नुपर्ने राय प्रस्तुत गरेका थिए । एकताका लागि प्रयासरत नेताहरुले भने अझै केही दिन वार्ता जारी राख्नुपर्ने र ओलीलाई नवौं महाधिवेशन अघिकै अवस्थामा फर्काउनुपर्ने धारणा राखेका छन् । पार्टीभित्रको विवाद, विकसित राजनीतिक अवस्था र भावी योजना तय गर्नेगरी बैठक चलिरहेको छ । नेता नेपालले यसअघि नै आफ्ना सर्तहरु नमाने फरक पार्टी घोषणा गरेर अघि बढ्ने चेतावनी दिइसकेका छन् ।