NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

रौतहटमा कोरोना संक्रमणबाट दुई वडाध्यक्ष्को मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट रौतहटमा दुई जना वडाध्यक्षको मृत्यु भएको छ । मृतक दुवै जना एकै नगरपालिकाका वडाध्यक्ष हुन् । रौतहटको गरुडा नगरपालिका वडा–२ गेडहीका वड़ा अध्यक्ष विष्णु देव सहनीको बिहीबार राति उपचारको क्रममा मृत्यु भएको हो । उनलाई संक्रमण पुष्टि भएपछि विगत १ महिनादेखि काठमाडौंमा उपचाररत थिए । यसअघि पनि जेठ ३ गते गरुडा नगरपालिका वडा न। ७ का वडा अध्यक्ष राम ईश्वर राय यादवको मृत्यु भएको थियो ।