NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

सत्ता साझेदारीबारे बालुवाटारमा ओली–महन्थबीच छलफल, आजै मन्त्रिमण्डल पुनर्गठनकाे तयारी

काठमाडौं । सत्ता साझेदारीबारे प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच छलफल भइरहेको छ । केही बेरअघिबाट सुरु भएको छलफलमा मन्त्रिपरिष्द विस्तारबारे कुराकानी भइरहेको छ । जसपा सरकारमा सहभागी हुनेबारे छलफल गर्न महन्थ ठाकुर बालुवाटार पुगेका हुन् । जसपाबाट राजेन्द्र महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री बन्ने तय भए पनि मन्त्रालयको टुंगो लाग्न बाँकी छ । जसपाको पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा पुगेकाले पनि केही ढिला भएको बताइएको छ । प्रधानमन्त्री ओलीले एमालेका नेताहरुसँग पनि छलफल गरिरहेका छन् । पूर्वमाओवादी समूहबाट पनि विस्तारित मन्त्रिपरिषदमा कसलाई सहभागी गराउने भन्ने छलफल चलिरहेको बताइन्छ । ओली र ठाकुर बीच सहमति जुटे तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुनेछ । गएको ६ जेठमा सर्वोच्च अदालतले माओवादी पृष्ठभूमिका सात मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज नगर्न आदेश दिएको थियो । त्यसपछि ओलीले मन्त्रिपरिषद् पुनर्गठन नगरी ती मन्त्रालयको जिम्मा आफैंले लिँदै आएका छन् ।