NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

कोरोना संक्रमणबाट धादिङका न्यायाधीश पाैडेलको मृत्यु

काठमाडौं । कोराना भाइरसको संक्रमणबाट धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको मृत्यु भएको छ । ५५ वर्षीय पौडेलको उपचारका क्रममा शुक्रवार बिहान काठमाडौंको स्टार अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । पौडेल २०७६ साउनदेखि जिल्ला अदालत धादिङको न्यायाधीश पदमा कार्यरत थिए । कोरोना संक्रमण भएपछि उनको २० दिनदेखि उपचार भइरहेको थियो ।