NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको राजिनामा माग

धनगढी । नेकपा एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहराले मुख्यमन्त्रीको राजीनामा मागेका छन् । शुक्रबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशको क्रममा बोल्दै उनले मुख्यमन्त्री त्रीलोचन भट्टको राजिनामा माग गरेका हुन् । एमाले स्थायी कमिटीको बैठकले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको प्रदेशसभालाई समेत जानकारी गराइसकेको अवस्थामा अलग्गै सिटको व्यवस्थापन हुनुपर्ने पनि उनले बताए । बोहराले एमालले समर्थन फिर्ता लिइसकेको अवस्थामा एमाले अब प्रतिपक्ष भइसकेको र समर्थन फिर्तापछि सरकार अल्पमत परेकाले मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताए । बोहरा मुख्यमन्त्री भट्टको नेतृत्वको सरकारका निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री हुन् । नेकपा एमालेमा उत्पन्न आन्तरिक किचलोसँगै मुख्यमन्त्रीले उनलाई केही महिनाअघि जिम्मेबारीबाट मुक्त गरेका थिए । आन्तरिक विवादकै बीच मुख्यमन्त्रीले केही दिनअघि मात्र मन्त्रिमण्डल पुनर्गठन गरेका थिए । प्रदेशसभामा नेकपा एमाले संसदीय दलमा माधव नेपाल पक्षको बहुमत रहेको छ । यही जेठ १० गते बसेको नेकपा एमालेको स्थायी समिति बैठकले मुख्यमन्त्री भट्ट नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेको थियो तर यो निर्णयको अहिलेसम्म कार्यान्वयन भएको छैन ।