NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

कन्या बनेर पूजामा बसेमा ५० हजार दिने भन्दै मानव बेचविखन गर्ने पक्राउ

जनकपुरधाम । मानव बेचविखनमा संलग्न रहेको अरोपमा प्रहरीले दुई जनालाई वीरगञ्जवाट पक्राउ गरेको छ । भारतको विहार राज्यको पूर्वी चम्पारण जिल्ला बेतिया ४ घर भएका २६ वर्षिय असगर सैफी र तनहुँको दमौली नगरपालिका ५ का २६ वर्षिया सकिना खातुन भन्ने सीता थापा क्षेत्री पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेका दुवैजना श्रीमान–श्रीमति रहेका छन् । उनीहरुले दुईजना युवतीलाई भारत लगेर बेच्न खोजेको आरोपमा पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जनाएका छन् । प्रहरीले बेचविखन गर्न लैजादै गरेका गोरखा जिल्ला घर भएका २० र २२ वर्षिया दुई युवतीलाई विरगंजवाट उद्दार प्रवक्ता खनालले जनाए । पक्राउ गरिएका उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत कसूर गरेको अभियोगमा जिल्ला अदालत पर्साबाट आज ७ दिनको म्याद थप गरि अनुसंधान अगाडी वढाईएको प्रवक्ता खनालले जानकारी दिएका छन् । नेपालगंजमा १ घण्टा पुजाका लागि कन्या चाहिएको र पुजामा बसे बापत ५०/५० हजार रुपैयाँ दिने भनी प्रलोभनमा पारिएको प्रहरीले जनाएको छ । पैसाको प्रलोभनमा परेका दुवै युवती घरपरिवारलाई कुनै जानकारी नदिई नेपालगंज हिँडेका थिए । तर बाटोबाट पैसा वीरगञ्जवाट लिएर अनि नेपालगंज जान भनेपछि उनीहरु विरगंज हिडेको प्रवक्ता खनालले बताए । तनहुँबाट टिपरमा चढाएर जेठ १७ मा विरगंज ल्याएर बसपार्कको एक होटलमा राखिएको र पछि पैसा लिन वेतिया जानुपर्ने भन्दै विरगंज महानगरपालिका १६ इनर्वा नाकाक्षेत्रमा पुर्याएको थियो । सीमाक्षेत्रबाट प्रहरी चौकी इनर्वाको टोलीले उद्धार गरेको प्रवक्ता खनालले बताए ।