NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

प्रभावशाली मन्त्रालय आफैंसँग राखेर विश्वासपात्रलाई हटाउँदै प्रधानमन्त्रीले गरे मन्त्रिमण्डल पुनर्गठन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले एमालेकासमेत धेरै मन्त्रीहरुलाई हटाउँदै जसपाका १० मन्त्रीहरुलाई समेत समेटेर मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । उनीहरुले शुक्रबार राति नै सपथ लिएका छन् । यस क्रममा ओलीले एमालेका चार बाहेक सबै मन्त्री बदलेका छन् । जसपाबाट राजेन्द्र महतो उपप्रधानमन्त्री बनाइएका छन् । पुनगंठित मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री, १२ मन्त्री र २ राज्यमन्त्री छन् । यी हुन् नयाँ उपप्रधानमन्त्री र मन्त्रीहरुपुनर्गठित मन्त्रिमण्डलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय छ ।ओलीले पुनर्गठनमा विष्णु पौडेललाई उप्रधानमन्त्री बनाएका छन् । यस अघिकै अर्थमा उनी कायम छन् । राजेन्द्र महतोलाइ जसपाबाट उपप्रधानमन्त्री र शहरी विकास मन्त्री बनाइएको छ । विश्वासपात्र प्रदीप ज्ञवालीलाई हटाउँदै ओलीले रघुवीर महासेठलाई उपप्रधानमन्त्री र परराष्ट्र मन्त्री बनाएका छन् । ओलीले अर्का विश्वासपात्र ईश्वर पोखरेललाई पनि उपप्रधानमन्त्रीबाट हटाएका छन् । हृदयेश त्रिपाठीलाई हटाएर शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बनाइएको छ । यी बाहेक उर्जामा जसपाका शरतसिंह भण्डारी, खानेपानीमा अनिल झा, श्रम तथा रोजगारमा विमल श्रीवास्तव, वन तथा वातावरणमा उमाशंकर अरगरिया, भूमि व्यवस्थामा लक्ष्मणलाल कर्ण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा चन्दा चौधरी, युवा तथा खेलकुदमा एकवाल मियाँलाई मन्त्री बनाइएको छ । चन्द्रकान्त चौधरीलाई उर्जामा राज्यमन्त्री र रेणुका गुरुङलाई महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमा राज्यमन्त्री बनाइएको छ । यी हुन पुरानै अनुहारविष्णु पौडेल अर्थकृष्णगोपाल श्रेष्ठ मन्त्री, शिक्षाबसन्तकुमार नेम्वाङ मन्त्री, भौतिक पूर्वाधार तथा यातायातलीलानाथ श्रेष्ठ मन्त्री, कानून न्याय तथा संसदीय मामिला