NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

सत्तामा ज्ञवालीको तीन बर्ष : बचत ७ लाख ४२ हजार, पार्टीलाई लेबी ९ लाख ३५ हजार रुपैयाँ

काठमाडौँ । सरकारबाट हटेसँगै निवर्तमान परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारमा रहँदा प्राप्त आम्दानी र खर्च विवरण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । ज्ञवालीले सवा तीन बर्ष मन्त्री हुँदा आफ्नो बैंक खातामा ७ लाख ४१ हजार ७ सय ७५ रुपैयाँ बचत रहेको घोषणा गरेका छन् । यसबीचमा केही घरायशी सामान र करिब दुई सय वटा किताब बाहेक मन्त्री बनेपछि साविकको सम्पत्ति विवरणमा कुनै फेरबदल नआएको उनले बताएका छन् । ज्ञवालीले मन्त्री हुँदाको समयमा ९ लाख ३४ हजार ९३० रुपैयाँ लेभीको रुपमा पार्टीलाई बुझाएको सार्वजनिक गरेका छन् । उनले विदेश भ्रमण बापतको लेभी ३ लाख १४ हजार ९३० रुपैयाँ र पारिश्रमिक बापतको लेभीका रुपमा ६ लाख २० हजार रुपैयाँ गरी ९ लाख रुपैयाँ पार्टीलाई बुझाएको सार्वजनिक गरेका हुन्। उनले आफूले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप आजै मन्त्रालयलाई फिर्ता गरेको जनाएका छन् । ज्ञवालीले पुल्चोकस्थित सरकारी निवास शनिबार बिहान छाड्ने घोषणा गरेका छन् । उनले मन्त्री भएर काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार व्यक्त गरेका छन् ।