NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

जाँदाजादै मन्त्री तुम्बाहाङ्फेको निर्णय : २१ दिनपछि ललितानिवासको जग्गा सरकारको नाममा

काठमाडौं । ललितानिवासको नाममा चर्चित बालुवाटारको जग्गा २१ दिनपछि औपचारिक रुपमा सरकारको नाममा आउने भएको छ । भूमिसुधार, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले शुक्रबार उक्त जग्गा सरकारको नाममा ल्याउने गरि कानुनी प्रक्रिया अघि बढाएकी हुन् । मन्त्रालयले उक्त जग्गा सरकारको नाममा किन नगर्ने भन्दै शनिबार सञ्चारमाध्यममार्फत २१ दिने सार्वजनिक सूचना सार्वजनिक गर्ने निर्णय गरेको हो । सुचनापछि थप कुनै मुद्धामामिला नभएमा २१ दिनपछि समरजंग कम्पनीको नाममा रहेको उक्त जग्गा सरकारको नाममा आउनेछ । जग्गा सरकारको पूर्ण स्वामित्वमा ल्याउने कानूनी प्रक्रिया पुरा गर्नका लागि मन्त्री तुम्बाहाङ्फेले सुचना प्रकाशित गर्ने निर्णय गरेकी हुन् । मन्त्री तुम्बाहाङ्फेले विभिन्न समयमा कृर्ते गरेर व्यक्तिकोमा पुगेको सरकारको नामको जग्गा सरकारकै नाममा फिर्ता ल्याउन बाँकी कानूनी प्रक्रिया पुरा भएको नेपालवाचलाई बताइन् । यसअघि उक्त जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए भन्न जवाफ माग गरिएकोमा सम्वन्धीत जग्गाधनीले जवाफ दिएका थिएनन् । घर–घरमा सुचना दिदा पनि जग्गा दावी गर्नेहरुको जवाफ नआएपछि मन्त्री तुम्बाहाङ्फेले शुक्रबार मन्त्रीस्तरिय निर्णय गरेर राष्ट्रिय दैनिकमा २१ दिने सुचना प्रकाशित गर्ने निर्णय गरेकी हुन् । मन्त्रालयले तयार पारेको उक्त सूचना शनिबारको राष्ट्रिय दैनिकमार्फत प्रकाशित हुँदैछ ।