NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

विवादकाे भूमरीमा उपप्रधानमन्त्री महताे, मध्यराति सच्याए ‘बहुलराज्य’अभिव्यक्ति

उपप्रधानमन्त्रीको पदभार ग्रहण गरेसँगै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउने आन्दोलनमा आफू लागिरहेको भन्दै अभिव्यक्ति दिएपछि विवादमा तानिएका छन्। उनको उक्त अभिव्यक्तिप्रति सत्तारुढकै नेताबाट चर्को आलोचना भएको थियो। शनिबार राति एक विज्ञप्ति जारी गर्दै महतोले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको समेत दावी गरेका छन्। उनले भनेका छन्, ‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ।’ यसअघि महताेले भनेका थिए, ‘नेपाल त बहुल राष्ट्रिय राज्य छँदैन हो नि ।’ नेपाल विभिन्न जातीय, वर्ग समुदायको विविधता भरिएको भन्दै उनले भने, ‘बहुलता भनेको त्यही हो, त्यसैले बहुल राष्ट्रिय राज्य भनेको हो ।