NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

व्यापक विरोधपछि अन्त्य भयाे दलितको काँध चढ्ने परम्परा

हिमाली जिल्ला डोल्पा पनि जोखिममा पर्दै गइरहेको बेला यहाँको धान रोपाइँ मेलालाई भने छुन सकेन। लकडाउनबीच पनि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा यो वर्षको धान रोपाइँ मेला सम्पन्न भएको छ। त्रिपुराकोटस्थित आद्यशक्ति श्रीवाला त्रिपुरासुन्दरी भगवतीको कोटखौलामा रहेको कोटसेरा नामक गुँठीको जग्गामा धान रोपाइँसँगै मेला सम्पन्न भएको हो। कोटसेरामा हुने धान रोपाइँमा पुजारीहरू हली (सार्की दलित) को काँधमा चढेर हिलो छ्यापाछ्याप गर्ने र रोपाहार, पुजारीहरू लगायतले हिलो खेल्ने गरेको हेर्न टाढाटाढाबाट मानिसहरू आउने गर्छन्। तर विगतका वर्षमा पुजारीहरूले लस्करै रहेका दलितको काँधमा चढेर हिलो छ्याप्ने गरेको भए पनि सो परम्परा जातीय विभेद भन्दै चर्को विरोध हुन थालेपछि यस वर्षदेखि अन्त्य भएको छ। जातीय विभेदविरुद्धको अभियानमा लागेका बमबहादुर सार्कीले पुजारीहरूले अझै पनि जातीय विभेद गरेर दलितको काँधमा चढेर हेपाहा प्रवृत्ति देखाउने गरेकामा अहिलेदेखि यो प्रथाको अन्त्य गरिएको बताए। ‘अरू जातलाई काँधमा नचढ्ने दलितलाई मात्र काँध चढ्ने परम्पराको अन्त्य हुनुपर्ने थियो भयो। दलित अभियन्ता बमबहादुर सार्कीसहित केहीले दलितको काँध चढ्न पाइँदैन भनेपछि मन्दिरका रोलक्रमवाला पुजारी भानुचन्द्र उपाध्याय र दलितहरूबीच झन्डै एक घण्टा लामो विवाद भएको थियो,’ उनले भने, ‘देश पूर्ण संघीयतामा गइसक्दा पनि डोल्पामा अझै माथिल्लो जातले तल्लो जातिलाई घोडाखच्चडकै रूपमा हेर्ने गरेका छन्।’ समाचार र तस्बिर नागरिक दैनिकबाट।