NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

संसद विघटनविरुद्धकाे मुद्दा : संवैधानिक इजलास गठन हाेला ?

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनको प्रारम्भिक सुनुवाइका लागि आज आइतबार संवैधानिक इजलास पुन:गठन हुने भएकाे छ। यसअघि १४ जेठमा गठन गरिएको संवैधानिक इजलासका दुई न्यायाधीशमाथि अधिवक्ताहरुले प्रश्न उठाएपछि सुनुवाइ प्रभावित हुँदै आएको थियो । इजलासका लागि आज आइतबार प्रधानन्यायाधीश चाेलेन्द्र शमसेर जबराले वरिष्ठताका आधारमा नयाँ न्यायाधीश चयन गर्ने सम्भावना छ। तर, नयाँ इजलाशमा को-को न्यायाधीश रहन्छन् ? भनेर यकीन छैन। सरकारले जेठ १६ गते मध्यराति संसद विघटन गरेपछि सर्वाेच्चमा रिट परेकाे थियाे। जेठ १८ गते सर्वोच्च अदालत बार एसोसिएसनका प्रतिनिधिहरूसँग प्रधानन्यायाधीश चोलेन्द्र समशेर जवराले सर्वोच्च अदालतमा कार्यरत न्यायाधीशहरूको वरिष्ठताको आधारमा जेठ २३ गते नयाँ इजलास गठन गर्ने वचन दिए। नेकपा विभाजनसम्बन्धी फैसला गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र पुनरावलोकनको माग अस्वीकार गर्ने तेजबहादुर केसीलाई इजलासमा राखेपछि विवाद भएकाे थियाे।