NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

घाँटी रेटेर रुपन्देहीमा एक जनाको हत्या

रुपन्देही । धारिलो हतियार प्रयोग गरी रुपन्देहीमा एक जनाको हत्या गरिएको छ । ईलाका प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका मनौरा निवासी अन्दाजी ३५ वर्षीय महेन्द्र यादवको शनिबार राति हत्या भएको हो । तीन सन्तानका बाबू समेत रहेका यादवलाई घरबाट एक किलोमीटर पश्चिम नाला नजिकै लिएर घाँटी रेटेर हत्या गरिएको पाइएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक रवीन्द्र महतले जानकारी दिए । उनको शव पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।