NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

जसपा प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री राउत चयन

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई जसपाले प्रदेश संसदीय दलको नेतामा चयन गरेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा भएको बैठकले राउतलाई संसदीय दलको नेतामा चयन गरेको हो । बैठकमा संसदीय दलको विधान पनि पारित गरिएको छ । केन्द्रमा महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि प्रदेश २ मा समेत सरकार परिवर्तन हुने चर्चा चलेको छ । उपे्रन्द्र यादव जनकपुर गएसँगै प्रदेश सरकार परिवर्तन हुने चर्चा चलेको छ । यादवले आफ्नै उपस्थितिमा बैठक बोलाएर संसदीय दलको विधान पारित गराउनका साथै संसदीय दलको नेता समेत चयन गराउन लगाएका हुन् । तत्कालीन समाजवादी पार्टीका ३० जना र तत्कालीन राजपाबाट ६ जना प्रदेश सभा सदस्य गरी ३६ जनाले निर्णयमा हस्ताक्षर गरेका छन् । ३६ भन्दा बढी प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आजै प्रदेश सभा सचिवालयमा लालबाबु राउत संसदीय दलको नेता चयन भएको जानकारी गराउन लागिएको छ । प्रदेश २ मा तत्कालीन समाजवादी पार्टीका ३० र राजपाका २५ सांसद छन् । गठबन्धन बनाएर चुनाव लडेका यी दुईले समाजवादीका नेता राउतको नेतृत्वमा प्रदेश सरकार बनाएका थिए ।