NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

यार्सागुम्बा संकलनका क्रममा लडेर मृत्यु

दार्चुला । यार्सागुम्बा संकलनका क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका–४ का १९ वर्षीय महेशसिंह धामीको भिरबाट लडेर मृत्यु भएको हो । अपी हिमाल गाउँपालिकाको लोलु क्षेत्रमा यार्सागुम्बा संकलन गर्न गएका महेशको भिरबाट लडेर शनिबार मृत्यु भएको नौगाड–४ का वडाध्यक्ष नन्दनसिंह धामीले जानकारी दिए । महेश जेठ पहिलो साता यार्सागुम्बा सङ्कलनका लागि बुबा रघुवीरसिंह धामीसँगै लोलु पुगेको बताइएको छ । यस वर्ष हालसम्म यार्सागुम्बा संकलनका क्रममा लडेर मृत्यु हुनेमा दुई महिला र दुई पुरुष छन् ।