NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

वैकल्पिक बाटो अवलम्बन गर्ने माधव समूहको निष्कर्ष, विश्वसनीय आधार नभए वार्तामा नअल्झिने (निर्णयसहित)

काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल पक्षले ओलीसँग मिल्न नसकिने भन्दै वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालेको छ । ओलीले संकट परेका बेला मात्रै वार्ता सम्झिने भएकाले अब आफूहरुका माग पूरा गर्ने विश्वसनीय आधार नभए वार्ताका नाममा अल्झिनु नहुने निष्कर्ष निकालेको हो । माधव पक्षी केन्द्रीय कमिटीको भर्चुअल बैठकले अहिलेको अवस्थामा संविधान र लोकतन्त्रको लक्षाका लागि वैकल्पिक बाटो अवलम्बन गर्नु नै उत्तम भएको निष्कर्ष निकालेको छ । बैठकमा अधिकांश नेताहरुले अब पनि केपी ओलीसँग मिल्ने दिशमा जाने हो भने आफूहरु घर न घाटको हुने भन्दै बाटो फरक बनाउनुपर्ने धारणा राखेका छन् । बैठक सकिएपछि बैठकबाट पारित प्रस्तावमा आफूहरुले अघि सारेका मागहरु निश्चित समयावधिमा विश्वसनीय रुपमा कार्यान्वयन हुने गरी सहमति सार्वजनिक भए मात्र अध्यक्ष केपी शर्मा ओली एकताको पक्षमा रहेको ठहरिने निष्कर्ष निकालेको हो । निर्णयमा भनिएको छ, ‘अन्यथा असंवैधानिक किसिमले प्रतिनिधिसभा विघटन गरी आम निर्वाचनको घोषणा गर्ने कार्यका विरुद्ध देशका प्रमुख राजनीतिक दलहरु कानुनी र राजनीतिक रुपमा संघर्षरत रहेको स्थितिमा अनिश्चित र परिणामविहीन वार्ता र एकताको नाममा षड्यन्त्र र जालझेलमा अलमलिनु नहुने स्पष्ट छ ।’ यस्तो स्थितिमा आफूहरु नेपालको संविधान, पार्टीको विधान र कम्युनिस्ट आन्दोलन र लोकतन्त्रको रक्षाका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने नेपाल पक्षले चेतावनी दिएको छ । नेपाल समूहले संगठनात्मक स्थितिलाई वडा र टोलसम्म अगाडि बढाउने निर्णय पनि गरेको छ । निर्णयमा अघि भनिएको छ, ‘केपी ओलीबाट निरन्तर फुट र गुटको अभ्यास भइरहेकाले कुनै ठोस परिणाम नआई पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपरी आ–आफ्नो ठाउँमा सशक्त र एकतावद्ध रुपमा संगठन निर्माणको काममा सक्रिय रहन, उत्साहित भएर सबैको मनोबल उच्च बनाउन सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुमा हार्दिक आह्वान गर्दछौं ।’ आफैं निर्वाचनको मिति घोषणा गरेर अल्पमतमा परेको सरकारले मन्त्रिपरिषद् हेरफेर गर्नु निर्लज्जताको पराकाष्टा भएको आरोप पनि लगाइएको छ । पार्टी एकताका लागि गरिएका अनेक प्रयासहरु ओलीकै हठका कारण सफल नभएको भन्दै बैठकले अब वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालेको हो । यस्ता छन् नेपाल समूहको स्थायी कमिटी बैठकले गरेका निर्णयहरु