NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

मन्त्रीबाट जाँदाजाँदै के भनिन् अर्यालले ?

काठमाडौं । निवर्तमान कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले कृषि मन्त्रालयको शाख कृषि मलको सहज उपलब्धतामा जोडिएकाले अभाव हुन नदिन सबै लाग्न अनुरोध गरेकी छिन् । मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा बोल्दै निवर्तमान अर्यालले मल बहुसरोकारको विषय भएकाले आपुर्तिमा निरन्तर अनुगमन गर्न आग्रह गरिन् । सरकारले किसानलाई दिने अनुदान पनि बढाएको उल्लेख गर्दै उनले अनुदानको रकम किसानले नपाउने अवस्था हुनु नहुने बताइन् । ‘कृषि मन्त्रालय भनेपछि मल छ कि छैन, यो सरोकारको विषय रैछ । सरकारले पनि अब बढाएर १३ अर्बमा पु¥याएछ अनुदानको निम्ति किसानहरुलाई यो सानो पैसा त होइन नि । अब यो सरकारले जे उद्देश्यले त्यत्रो किसानहरुलाई राहत होस् भनेर अनुदानको प्रवन्ध ग¥या छ, त्यो किसानहरुले उपभोग गर्न नपाउने खालको परिस्थिति सिर्जना भयो भने दुखद कुरा हुन्छ’ उनले भनिन्, ‘हामीले मेहनत बेस्सरी ग¥या छौँ । निगरानी गरिरहनुपर्ने छ । कहिनिर थोरै कमजोरी हुनवित्तिकै यता समस्या खडा हुन्छ । मैले निर्देशनको रुपमा होइन, एउटा जिम्मेवार नागरिकको हैसियतले भन्छु, मलको अभाव नहोस् । हामीले जे प्रोसेस अगाडी बढायौँ त्यसलाई तपाईहरुले बिन्दुमा पु¥याउनुभयो भने गुनासो नआउला । तपाईहरु यसमा सचेत भएरै अगाडी बढ्नुहोला ।’ निवर्तमान कृषिमन्त्री अर्यालले किसान आयोगले पार्टीको घोषणा पत्रमा बोलेका कुराहरुलाई सरकारको नीति, कार्यक्रममा सम्बोधन गराउने र किसानका समस्याहरुलाई समाधान गराउने दिशातर्फ अघि बढ्न पनि आग्रह गरिन् । अर्यालले जिम्मेवारीमा कतिसमय रहिन्छ भन्दा पनि जिम्मेवारीमा रहँदा के काम गरिन्छ भन्‍ने कुरा महत्व हुने भन्दै आफूले गर्न खोजेको धेरै काम सम्पन्न गर्न सकेकोमा सन्तोष महसुस गरेको बताइन् । निवर्तमान कृषि मन्त्री अर्याल गत वर्ष पौषमा मन्त्री नियुक्त भएकी थिइन् ।