NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

सुदूरपश्चिममा थप ९ जना संक्रमितको मृत्यु

धनगढी । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीका २ जना, कञ्चनपुरका २, डोटीका २ जना रहेका छन् । त्यस्तै अछाम, बाजुरा र बैतडीका १/१ जना गरि थप ९ जनाको मृत्यु भएको बताइएको छ । पछिल्लो २४ घण्टामा थप ५ सय ३० जनाले कोरोना जितेका छन् । सोही समयमा थप १७६ जनामा कोरोना संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।