NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

एकता जोगाउन प्रधानमन्त्रीको आह्वान सकारात्मक छः योगेश भट्टराई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको एकताका लागि सार्वजनिक रुपमा वक्तव्यमार्फत गरेको आह्वानलाई नेकपाका नेता योगेश भट्टराईले सकरात्मक भएको बताएका छन् । प्रधानमन्त्री ओलीले आइतबार साँझ वक्तव्य सार्वजनिक गरेको केही समयपछि आफ्नो सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै भट्टराईले यो कदालाई सकारात्मक भएको बताएका हुन् । उनले ओलीको वक्तव्यले कार्यदल स्तरको छलफललाई पुनः निरन्तरता दिने बाटो खुलेको बताएका छन् । भट्टराईले नेकपाका जिम्मेवार नेताहरु सम्मिलित कार्यदलले स्पष्ट पार्नु पर्ने र मिलाउनुपर्ने विषयहरुलाई समाधान गर्नेमा आफू विस्वस्त भएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘सर्बोच्चमा बिचाराधिन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्समा पुग्नु उपयुक्त हुनेछ ।’ सँगै भट्टराईले ओलीको वक्तव्यले पार्टीका शिर्ष नेतृत्वका बीचमा सार्थक संवाद हुने र नेकपा एमालेको एकतालाई यथावत राख्ने अपेक्षा गरेको लेखेका छन् ।