NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सशस्त्र द्वन्द्वको बेलाजस्तै चारवटै सुरक्षा निकायको युनिफाइड कमान्ड र प्रधानमन्त्रीमातहत रहने एकीकृत इन्टेलिजेन्स संयन्त्र बनाउन प्रस्ताव

नेपाली सेनाले आपूmसहित नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागसमेत रहने एकीकृत कमान्ड र एकीकृत इन्टेलिजेन्स समितिसम्बन्धी प्रस्ताव पनि रक्षा मन्त्रालयमा पेस गरेको छ । सशस्त्र द्वन्द्वका वेला सुरक्षा फौजको एकीकृत कमान्ड थियो । राष्ट्रिय सुरक्षा नीति, संविधान, प्रतिरक्षा नीति, सैनिक रणनीति र सैनिक ऐनअनुसार एकीकृत सुरक्षा अवधारणामा आधारित रहेर एकीकृत कमान्डको प्रस्ताव गरिएको सेनाको जिकिर छ । एकीकृत कमान्ड कार्यान्वयनका ६ योजना सैनिक प्रस्तावमा छ । सैनिक इन्टेलिजेन्स सेवा नियमावलीको मस्यौदा पनि सेनाले मन्त्रालयमा पेस गरेको छ । त्यस्तै, प्रधानमन्त्रीमातहतमा प्रधानसेनापति, सशस्त्र, नेपाल प्रहरी र अनुसन्धान विभागका प्रमुख तथा सेनाको इन्टेलिजेन्स विभागका महानिर्देशक रहने राष्ट्रिय एकीकृत इन्टेलिजेन्स समितिको प्रस्ताव पनि सेनाको छ । यो समितिमातहत क्षेत्रीयस्तरमा प्रदेश प्रहरी प्रमुखसहित सेनाका सहायकरथी, सशस्त्र, नेपाल प्रहरी र अनुसन्धान विभागका डिआइजीस्तरका अधिकृत सहभागी संयन्त्र बनाइनेछ । नयाँ पत्रिकामा खबर छ।

ताजा अपडेट

नेपालवाच विशेष