NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भने, ‘ल्याङल्याङ अति भयो ! अब जेठ २ को रटानको अध्याय सकिएको छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा एमाले एकताका लागि राखिएको जेठ २ को अध्याय सकिएको बताएका छन् । उनले अब माधव नेपालका सर्त स्वीकारेर एकता असम्भव भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो विचार राख्दै नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका थापाले भनेका छन्, ‘अब जेठ २ को रटानको अध्याय सकिएको छ । माधव कुमार नेपालका सर्त स्वीकारेर त एकता हुँदैन ।’ साथै उनले नेता नेपालले राखेका सर्तमा नेपाल गुटसँग नभई बरु कांग्रेससँग एकता हुनसक्ने बताएका छन् । उनले माधव नेपाललाई बालुवाको संज्ञा दिँदै तेल निकाल्न बालुवासँग नभई तोरीको तेल पेल्नुपर्ने बताएका छन् । उनले अघि भनेका छन्, ‘यी सर्तमा नेपाल गुटसँग होइन, देउवाको कांग्रेससँग बरु एकता होला । तेल निकाल्न बालुवा होइन, तोरी पेल्नुपर्छ ।’ थापाले अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गर्नुंपर्ने तर अनावश्यक सर्त राखेर निहुँ खोज्नेलाई असम्भव कोशिस गर्न नहुने उल्लेख गरेका छन् । थापाले भनेका छन्, ‘तेल ल्याङल्याङ अतिभयो ! अध्यक्षको वक्तव्य मानेर आउनेलाई असम्भव कोशिस गरौं, असम्भभव कोशिस छोडौं ।’ अब जेठ२काे रटानकाे अध्याय सकिएकाे छ। माधव कु नेपालका शर्त स्वीकारेर त एकता हुँदैन।यी शर्तमा नेपाल गुटसँग हाेइन,देउवाकाे काँग्रेससँग बरू एकता हाेला।तेल निस्काल्न बालुवा हाेइन ताेरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयाे!अध्यक्षकाे वक्तव्य मानेर आउनेलाई स्वागत गराैं,असंभव काेशिस छाेडाैं। pic.twitter.com/P8NmFb47n3— Surya Thapa (@ThapajiSurya) June 8, 2021