NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

माधव नेपालले थाले वैकल्पिक पार्टीको तयारी

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको ६बुँदे प्रस्ताव जालझेल, अन्योल र भ्रमका आधारमा अरूलाई अलमल्याउने र विभाजित गर्ने दुराशय प्रेरित रहेको निष्कर्षसहित वरिष्ठ नेता माधवकुमार नेपालले ‘बृहत् कम्युनिस्ट एकता’को अवधारणासहित वैकल्पिक पार्टी निर्माणको अन्तिम तयारी अघि बढाएका छन् । जवाफी प्रस्तावमा नेता नेपालले पार्टी विधानअनुरूप पार्टीलाई एकताबद्ध बनाउने ओलीको सोच नै नरहेको देखिएकाले उनको वक्तव्यको भ्रममा नपरी सशक्त रूपमा पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्न देशभरका नेता–कार्यकर्तासँग आह्वान गरेका छन् । ‘ओलीको वक्तव्यमा प्रयोग गरिएको भाषा र बुँदा केलाउँदा जालझेल, अन्योल र भ्रमका आधारमा अरूलाई अलमल्याउने र विभाजित गर्ने दुराशय देखिन्छ । अतः पार्टी विधानअनुरूप पार्टीलाई एकताबद्ध बनाउने उहाँको सोच नै नरहेको देखिएकाले ओलीको वक्तव्यको भ्रममा नपरी सशक्त रूपमा पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्न आह्वान गर्दछौँ,’ सोमबार राति नेपालले जारी गरेको विज्ञप्तिमा छ । खनाल–नेपाल समूहका एक प्रभावशाली नेताले पनि प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा सुनुवाइकै चरणमा रहेको रिट टुंगिने वेलासम्म वैकिल्पक ढोका खुला हुने बताए । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पक्षसँगको वार्ताले सार्थक निष्कर्ष निकाल्ने सम्भावना कमजोर बनेको निष्कर्षसहित केन्द्रीय कमिटी र स्थायी कमिटीको पछिल्लो बैठकपछि वरिष्ठ नेता नेपाल एमालेसहित अन्य वाम पार्टीसमेतको बृहत् कम्युनिस्ट पार्टी निर्माणको अवधारणासहित नयाँ पार्टी गठनको गृहकार्यमा अगाडि बढेका हुन् । नेता केही समययता लगातार कार्यकर्तालाई देशभर सबै तहमा कमिटी गठन अगाडि बढाउन निर्देशन दिँदै आएका छन् । नयाँ पत्रिकामा खबर छ।