NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

फास्ट ट्रयाकमा सुरुङ निर्माणका लागि सर्वेक्षण

काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) मा सुरुङ निर्माणको जिम्मा पाएका चिनियाँ कम्पनीले सर्भेको काम थालेका छन् । कम्पनीका प्राविधिक टोली सर्वेक्षणका लागि एक सातादेखि सुरुङ निर्माणस्थलमा खटिएको नेपाली सेनाले जनाएको छ । दुई वटा निर्माण कम्पनीका सात जनाको प्राविधिक टोली आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर फिल्डमा खटिएको छ । गत वैशाख ३१ मा प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको निर्देशनविपरीत सेनाले दुई वटा चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । पहिलो प्याकेजमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र दोस्रो प्याकेजमा पोली चङ्दा इन्जिनियरिङ कर्पोरेसन कम्पनीसँग ठेक्का सम्झौता भएको हो । दुवै प्याकेजमा तीन वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता भइसकेको सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए । यसमा डिजाइजनका लागि ६ महिनाको समय दिइएको छ । ‘ठेक्का लिने कम्पनीले निर्माण गर्ने ठाउँ थाहा पाउनुपर्‍यो,’ उनले भने, ‘त्यसैले अनौपचारिक रूपमा सर्भे गर्न प्राविधिक टोली फिल्डमा गएको हो ।’ मोभिलाइजेसन रकम भने निर्माण कम्पनीलाई दिइसकिएको छैन । ‘त्यसका लागि कम्पनीले बैंक ग्यारेन्टी ल्याउनुपर्छ,’ उनले भने, ‘रकम दिएपछि निर्माण सुरु हुनेछ ।’ पहिलो प्याकेजमा चाइना स्टेटले छोक्रेडाँडादेखि धेद्रेसम्म ३ दशमलव ३५५ किमि सुरुङ निर्माण गर्नुपर्नेछ । यसको ठेक्का रकम २१ अर्ब ६१ करोड रुपैयाँ छ । कान्तिपुर दैनिकमा खबर छ।