NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

विश्वकप छनोटमा ब्राजिलको लगातार छैटौं जित

काठमाडौं । कतार विश्वकप फुटबल २०२२ का लागि भएको दक्षिण अमेरिक छनोट खेलमा ब्राजिलले लगातार छैटौं खेलमा जित हात पारेको छ । नेपाली समय अनुसार आज बिहान भएको खेलमा ब्राजिलले पाराग्वेमाथि २–० गोलको जित निकाल्दै लगातारका ६ खेलमा सबैमा जित निकालेको हो । ब्राजिलका लागि चौथो मिनेटमा नै नेयमारले गोल गरेका थिए । ९४ औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दा ब्राजिले सहजै २–० ले जित्यो । यसरी छनोटमा ब्राजिलले ६ खेलमा सबै खेल जित्दै १८ अंक जोडेको छ । पहिलो स्थानमा रहेको ब्राजिल दोस्रो स्थान (१२ अंक) को अर्जेन्टिनाभन्दा ६ अंकले अघि रहेको हो । बुधबार बिहानै सकिएका अरु खेलमा अर्जेन्टिनाले कोलम्बियासँग २–२ गोलको बराबरी खेलेको थियो । त्यस्तै उरुग्वेले पनि भेनेजुएलासँग गोलरहित बराबरी खेल्यो । चिलीले बोलिभियासँग १–१ गोलको बराबरी खेल्यो । पेरुले भने इक्वेडरलाई २–१ गोलले हरायो । दक्षिण अमेरिकी छनाेटकाे अंकतालिका