NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

ओली र नेपाल एमाले एकताको मुख्य बाधक भन्दै योगेश भट्टराईले गरे कुनै गुटमा नरहेको घोषणा

काठमाडाैं । नेकपा एमाले नेता याेगेश भट्टराईले पार्टी नेतृत्व र वरिष्ठ नेताहरुप्रति असन्तुष्टि व्यक्त गरेका छन्। पछिल्लाे समय माधव नेपाल पक्षतिर रहेकाे चर्चाबीच याेगेशले दुवैतिर नरहेकाे तर एकताकाे पक्षमा रहेकाे सन्देश सामाजिक संजालमार्फत् दिएका हुन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पार्टी एकताका लागि सर्तसहित आह्वान गरे पनि दुवै पक्षले आआफ्नाे हठ नछाडेका बेला एमाले एकताकाे समस्याकाे मूल जड के हाे भनेर पनि पनि राखेका छन्। ओली आफ्नै पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग सहकार्य गर्न तयार छैनन्। बरु महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदार गरेर अन्य विषयमा गठबन्धन गर्न तयार छन्। यसैगरी, खनाल र नेपाल आफ्नै पार्टीका अध्यक्ष ओलीसँग मिल्न तयार छैनन्। बरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपेन्द्र यादवसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार छन्। ‘कसले, किन र के-का लागि गर्दैछ यो सब,’ उनले भनेका छन्। ‘यस विषयमा गम्भीर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ,’ उनले लेखेका छन्।