NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

प्रदेश २ : नेपाली कांग्रेस तीन मन्त्रीसहित सरकारमा सहभागी हुँदै, माओवादीसँग टुंगो लागेन

जनकपुरधाम । प्रदेश २ सरकारमा सहभागिता जनाउने गरी जनता समाजावादी पार्टी नेपाल (जसपा) र नेपाली कांग्रेसबीच सहमति बनेको छ । सरकारमा सहभागीवारे लगातार भएको छलफल पश्चात आज सहमतिमा पुगेको हो । नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा नेपाली कांग्रेस प्रदेश सरकारमा सहभागी हुन लागेको छ । सहमति भएसँगै आजै साँझ साढे सात बजे प्रदेश प्रमुख डा राजेश अहिराजले कांग्रेसका ३ जना मन्त्रीको सपथ ग्रहण गराउने गर्ने कार्यक्रम तय भएको सरकारी वार्ता टोली सदस्य भूमी व्यवस्था मन्त्री शैलेन्द्र प्रसाद साहले बताएका छन् । सहमतिसँगै कांग्रेस संसदीय दलका नेता यादव भौतिक पुर्वाधार यातायात तथा सिंचाइ मन्त्री, ओमप्रकाश शर्मा उर्जा तथा खानेपानी मन्त्रालय र वीरेन्द्रसिंह महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयको जिम्मा पाएको छ । यता माओवादी केन्द्रसँग मन्त्रालयकोे विषयमा टुंगो लाग्न सकेको छ्रैन् । माओवादी केन्द्रका साँसद जगत प्रसाद यादवले भने,‘हामीसँग अझैं सहमति भएको छैन् । आजै सरकारमा सहभागी हुने कुरा तय भएको छैन् ।’।कांग्रेसलाई प्रदेश सरकारमा सहभागी गराउन मन्त्री परिषदले मंगलबार साँझ ६ वटा मन्त्रालयलाई टुक्र्याएर एकवटा बनाउने निर्णय गरेको थियो । प्रदेश सरकारमा रहेका आफ्नै पार्टीका महन्थ ठाकुर पक्षीय चार जनालाई मन्त्रीलाई बर्खास्त गरेपछि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले कांग्रेसर माओवादी केन्द्रलाई सरकारमा ल्याउन छलफल सुरु गरेको छ । कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन पार्टी अध्यक्ष उपेन्द्र यादवले काँग्रेसका शीर्ष नेतृत्वसँग लगातार छलफल गरेका छन् ।