NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

एमालेद्धारा कर्णाली प्रदेशसभा बैठक लगातार अवरुद्ध

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रेश सभाको आठौं अधिवेशनको दोस्रो बैठक पनि अवरुद्ध गरको छ । एमालेका प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले सदनबाट बजेट ल्याउने कर्णाली सरकारको नियत नदेखिएको आरोप लगाउदै बैठक अवरुद्ध पारेका हुन् । यसअघि २४ गते भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठक पनि एमालेले भौति पूर्वाधार मन्त्री अम्मर बहादुर थापाको बर्खास्तीको माग गर्दै अवरुद्ध पारेको थियो । सरकारी काजजात कीर्ते अभियोगमा दोषी प्रमाणित भइसकेको व्यक्ति सार्वजनिक पदमा बस्न नपाउने भन्दै मन्त्री थापाको बर्खास्तीको माग एमालेले गरेको थियो । ‘यो सरकारको सदनबाट बजेट ल्याउने नियत छैन । बाटो छँदैछ भन्दै मनोविज्ञान सम्प्रेषण गरिरहेका छन्,’ नेता कँडेलले भने, ‘राजनीतिक प्रतिशोधका रूपमा उक्त कुरा उठाएका होइनौं हामीले समग्र प्रवृत्तिका बारेमा उठाएका हौं ।’ सरकारले जेठ २५ गते सभामुखको पहलमा बसेको सर्वदलीय बैठकमा राखेको प्रस्ताव एमालेले स्वीकार गरे पनि त्यसबाट सरकार भागेको उनको आरोप छ । नेता कँडेलले भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्री अम्मरबहादुर थापामाथि नैतिक पतन जस्तो गम्भीर मुद्दा प्रमाणित भइसकेको बताउँदै उनलाई जेठ तीस गतेसम्म सदनमा आउन नदिने लिखित सहमति सरकारले गर्न नचाहेको बताए । उनले भने, ‘कानूनी रुपमा सदन बोलाउनै पर्ने बाध्यता भएका कारण मात्रै सदन आव्हान भएको हो । बाहिर भाग्न नसक्ने भएर सदन सरकारले बोलाएको हो ।’ उनले सरकारले योजना छनोटका लागि आफ्ना मान्छेबाट योजना मागिरहेको र सुर्खेतका होटलमा योजना छान्न छलफल भएको आरोप पनि लगाए । सभामुख राजबहादुर शाहीले बैठक स्थगित गरेका छन् ।