NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

संसद् विघटनका विषयमा छलफल गर्दै सभामुख, ओलीलाई पनि आमन्त्रण

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद् विघटनका विषयमा विपक्षी गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् । यसअघि अहिलेको अवस्थामा आफ्नो भूमिका के हुने भन्नेबारेमा कानून व्यवसायीहरुसँग छलफल गरेका सभामुखले अब राजनीतिक दलका नेतृत्वसँग पनि छलफल गर्ने भएका छन् । यसका लागि उनले संसद् विघटनको विपक्षमा रहेका दलका शीर्ष नेतालाई पत्राचार गरी आमन्त्रण गरेका छन् । शुक्रबार संघीयस संसद्को भवन नयाँ बानेश्वस्थित ल्होल्से हलमा छलफल कार्यक्रमको आयोजना गरिएको सभामुखको प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बैठकमा बोलाइएको छ । समसामयिक विषयमा छलफलका लागि उहाँहरुलाई बोलाइएको बताइएको छ । बैठक अपराह्न संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आयोजना गरिएको छ ।