NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

के हो कोरोनापछि बालबालिकामा देखिने मल्टी–सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम ?

कोरोना भाइरसको तेस्रो लहर आउन सक्नेबारे विश्वभर विज्ञहरूले चेतावनी दिँदै आएका छन् । नेपालमा पनि सरकारले कोरोनाको तेस्रो लहरमा बालबालिकाहरूमा संक्रमण बढ्न सक्ने सम्भावित आधारलाई मध्यनजर गरेर बेड संख्या छुट्याउन अस्पतालहरूलाई निर्देशन दिइसकेको छ । बालबालिकाहरूमा कोरोना भाइरसको संक्रमणपछि देखिने मल्टी–सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुन्निने समस्या हो । यो सामान्यतया कोरोना संक्रमित भएको ३ देखि ४ हप्तापछि देखापर्छ । यसका लक्षणहरू – आँखा रातो हुनु – सास फेर्न गाह्रो हुनु – घाँटी दुख्नु – पेट दुख्नु – ज्वरो आउनु – पखाला लाग्नु – छाला, ओठ वा नङ निलो हुनु – शरीरमा डाबर आउनु – थकान महसुस हुनु कोरोना संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकाहरूलाई तीन दिनसम्म ज्वरो आएमा र माथि उल्लेखितमध्ये कम्तीमा अन्य कुनै दुईवटा लक्षणहरु देखा परेमा तुरुन्त अस्पताल लैजानुपर्छ । बालबालिकामा यस्ता लक्षण देखा परे के गर्ने ? यो समस्या के कारणले देखिन्छ भन्नेबारे पूर्ण रुपमा यकिन भइसकेको छैन । तर, यो कोरोना भाइरस संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकामा देखिने गरेको छ । त्यसैले यस्तो समस्या आउनै नदिन जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने र गराउने गर्नुपर्छ ।