NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

मनसुन भित्रिनै लाग्दा सक्रिय बन्याे प्रिमनसुन, मुलुकका धेरै स्थानमा पानी पर्ने

मनसुन भित्रिनै लाग्दा प्रिमनसुन सक्रिय बनेकाे छ। माैसमविद्हरुले केही दिनमा मनसुन भित्रिएर बर्खा सुरु हुने बताइरहेका बेला उत्तरार्धमा प्रिमनसुन सक्रिय बनेकाे हाे। बिहीबार दिउँसाे र राति देशका धेरै स्थानहमा वर्षाको सम्भावना रहेको छ। शुक्रबार र शनिबार पनि देशभर बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन, चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। शनिबार राति प्रदेश १ का एक-दुई स्थानमा ठूलाे पानी पर्नेछ। ‘देशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। स्थान अनुसार आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ महाशाखाले भनेकाे छ।