NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

फेरि मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, यी हुन् नयाँ बन्ने मन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । सत्ता सम्हालेदेखि अहिलेसम्म १८ पटक मन्त्रिपरिषद् हेरफेर गरिसकेका छन् ओलीले । जसपाका दुई राज्यमन्त्रीसहित आठ जना अन्य मन्त्री सहभागी गराए पनि अहिले प्रधानमन्त्री ओलीसँग आठ वटा मन्त्रालय छन् । वालुवाटार स्रोतका अनुसार आज साँझ आफूले राखेका मन्त्रालयमा नयाँ मन्त्रिलाई नियुक्त गर्दैछन् । राष्ट्रपति कार्यालयले पनि नयाँ नियुक्त हुने मन्त्रीको शपथ ग्रहण आजै गराउने तयारी गरेको छ । नयाँ बन्ने मन्त्रीहरुको टुंगो लागिसकेको छ । जसमा सात फूल मन्त्री र एक राज्यमन्त्री नियुक्त हुनेछन् । सर्वोच्चको अन्तरिम आदेशपछि बर्खास्तीमा परेका गृहमन्त्री रामबहादुर थापा बादलको ठाउँमा खगराज अधिकारी बन्ने भएका छन् । तर, बादलको मन्त्री पद् गएको सट्टामा प्रधानमन्त्री ओलीले उनकी पत्नीलाई मन्त्रालय दिने भएका छन् । बादलकी पत्नी नैनकला थापालाई सञ्चार मन्त्रालय दिइने भएको छ । १. नारदमुनी राना, वनमन्त्री २. मोहन वानियाँ, विनाविभागीय ३. खगराज अधिकारी,गृहमन्त्री ४. नैनकला थापा, सन्चारमन्त्री ५. ज्वालाकुमारी साह, कृषि मन्त्री ६. राजकिशोर यादव, उद्योग मन्त्री ७. गणेश पहाडी, सामान्य प्रशासन मन्त्री ८. आशा विक, वन राज्यमन्त्री

ताजा अपडेट

नेपालवाच विशेष