NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

केन्द्रको विवादको बाछिटाले विश्वासको मतसम्म आइपुग्नुपर्‍याे : मुख्यमन्त्री गुरुङ

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ एमाले फुटाउन पार्टीका शीर्ष नेताहरु नै लागेको आरोप लगाएका छन् । प्रदेशसभामा विश्वासको मत लिंदै गर्दा जवाफ दिन संसदमा बोल्दै उनले दोस्रो तहका नेताहरु पार्टी मिलाउन लागे पनि पहिलो तहका नेताहरु फुटाउन उद्यत भएको बताएका हुन् । ‘अहिले सबै पार्टीमा विग्रहको अवस्था आएको छ । हाम्रै पार्टी पनि विभाजनको तहमा पुगेको छ’ उनले भने, ‘तर, दोस्रो तहमा नेता मिलाउन लागेका छन् तर छन् पहिलो तहका नेताहरु विभाजनतिर लान केन्द्रित छन् ।’ केन्द्रीय राजनीतिको बाछिटा परेकोले आफूले विश्वासको मत लिनुपरेको पनि उनले बताए । ‘केन्द्रको विवादको बाछिटाको असर प्रदेशसम्मै परेको छ । विश्वासको मत लिंद गर्दा केन्द्रमा विश्वासको मत लिएजस्तै भएको छ’ उनले भने, ‘तर, म यस्तो व्यक्ति हुँ जसले संघीय सरकार अहिले पनि केन्द्रिकृत ढंगले चलेको छ भनेर टिप्पणी र आलोचना गरेको छु । केन्द्रीयताले गाँजेको छ भनेर सरकारको आलोचना गरेको छु ।’