NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

दीपक मनाङेलाई विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्ने गुण्डा नाइके गणेश लामा पक्राउ

काठमाडौं । गण्डकी प्रदेश सांसद दीपक मनाङेलाई भेट्न पोखरा पुगेका गुण्डा नाइके गणेश लामालाई सोधपुछका लागि भन्दै प्रहरीले पक्राउ गरेको छ विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय बैदाममा सोधपुछका लागि ल्याइएको डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए । मनाङेले बुधबार साँझबाट विपक्षीलाई साथ दिने घोषणा गर्दै सम्पर्कविहीन भएका थिए । उनी बिहीबार विश्वासको प्रस्तावमा मतदान गर्न पनि अनुस्थित रहेका छन् । लामालाई गत निर्वाचनमा कांग्रेसले प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको थियो । कांग्रेस संसदीय बोर्डको बैठकले लामालाई काभ्रे क्षेत्र नम्बर १ को खको टिकट दिएको हो । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँगै लामा पनि कांग्रेसमा आएका थिए । मनाङेको लाइन परिवर्तनले विपक्षीलाई सरकार गठनका लागि बहुमत पुग्ने निश्चित जस्तै भएको छ । आज भएको विश्वासको मतदानमा मुख्यमन्त्री गुरुङले २७ मत पाएका थिए भने विपक्षीले ३० मत पाएको थियो ।