NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

कर्णाली प्रदेश आयुर्वेद अस्पतालका डाक्टरमाथि हातपात, तीन जना पक्राउ

सुर्खेत । कर्णाली प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका चिकित्सकहरुमाथि हातपात भएको छ । डाक्टरहरु शंकरप्रसाद रिजाल, यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि हातपात भएको हो। अपरिचित युवाहरुको समूहले साँझ सवा ६ बजेतिर हातपात गरेका हुन् । डाक्टरहरु सामान्य हाइते भएका छन् । डाक्टरमाथि हातपात गर्ने ३ जना युवाहरुलाई नियन्त्रणमा लिइएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले जनाए। पक्राउ परेका युवाहरुको विवरण खुलाइएको छैन ।