सभामुख सापकोटाको गुनासो, ‘राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिकार अपहरण भयो’
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्रतिनिधिसभाको अधिकार अपहरण भएको बताएका छन् । मंगलबार संघीय संसद् भवनमा भएको अन्तरक्रियामा उनले राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधिसभाको अधिकार नै अपहरण भएको गुनासो गरेका हुन् । उनले संविधानको आत्मामाथि प्रहार भएका बेला आफू चुप लागेर बस्न नसक्ने बताए । यसअघि नै दलका नेता र कानुन व्यवसायीहरुले नै भएको अधिकार प्रयोग गर्न सभामुखलाई सुझाव दिएका थिए । उनले संविधान र प्रतिनिधिसभाको गरिमा रक्षाका लागू कानुन अधिकार अधिकार प्रयोग गर्न बाध्य हुने बताए । अध्यादेशबाट शासन गर्ने र अदालतको आदेश नै पालना नगर्ने प्रवृतिका कारण देशमा दुर्घटना निम्तिने खतरा उत्पन्न भइरहेको उनको भनाइ छ ।
ताजा अपडेट
-
ग्लोबल आइएमई बैंकलाई स्वीस इन्भेष्टमेन्ट फन्डको १० मिलियन अमेरिकी डलर लगानी
-
अधिवक्तादेखि सांसदसम्म सुहाङको यात्रा
-
कफीखेती प्रवर्द्धन गर्दै डाँडापारिका दुई गाउँपालिका
-
‘सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ’
-
तुलसीमेहरको चर्खामा किचलो, मुख्य गुठियारलाई कानूनी कारबाही गर्ने चेतावनी
प्रतिक्रिया