NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

शान्ति मिसनमा अब सरकारी डाक्टरलाई पनि अवसर

मन्त्रालयले माग्यो आवेदन

काठमाडौं । संयुक्त राष्ट्र संघ शान्ति मिसनमा अब सरकारी चिकित्सकलाई पनि लगिने भएको छ । यसअघि लिबियामा शान्ति मिसनका लागि नेपाली सेनाका जनशक्ति लगिँदै आएकोमा अब सरकारी चिकित्सकलाई पनि अवसर दिन लागिएको हो ।

नेपाली सेनाका अनुसार आगामी माघ २९ मा लिबियामा तैनाथ हुने स्पेसल गार्ड युनिट, पाँचौं डफ्फाको लेभल वान (प्लस) अस्पतालमा सरकारी चिकित्सक लगिने भएको छ । पहिलोपटक जनरल सर्जन लगिँदै छ र उनीहरूको कार्यवधि एक वर्षको हुनेछ ।

पहिलो चरणमा ३ जना चिकित्सक लगिने तयारी छ । चिकित्सकलाई शान्ति सेनामा लगिने भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरखास्त आह्वान गरेको छ । मन्त्रालयअन्तर्गत स्थायी सेवामा कार्यरत जनरल सर्जन कन्सल्ट्यान्टले [email protected] मा कात्तिक १६ गतेसम्म आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयको आन्तरिक प्रशासन शाखामा सम्पर्क गरेर पनि आवेदन दिन सकिनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष